कला


‘मुगलान’को फस्टलुक पोस्टरमा स्मारिका र प्रभातको जोडी

‘मुगलान’को फस्टलुक पोस्टरमा स्मारिका र प्रभातको जोडी

नेपालखबर
असोज २७, २०८२ सोमबार १२:२६, काठमाडौँ

रेहान प्रोडक्सनको ब्यानरमा बनेको  फिल्म ‘मुगलान’ को प्रदर्शन मिति तय भएको छ। निर्माणटिमले फिल्मको पहिलो लुक्स सार्वजनिक गर्दै आगामी पुस १० गतेको लागि रिलिज मिति तोकेको हो।  

सार्वजनिक फस्टलुक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेषभूषामा देखाइएको छ। प्रभातले बासुरी बजाउन लागेको जस्तो देखिन्छन् भने स्मारिका लजालुपनमा छिन्। यसले उनीहरुबीचको प्रेमकथा झल्काएको छ। उनीहरु फिल्ममा नेपाली गाउँ–समाज र परदेश–पृष्ठभूमि समेटिएको संकेत गर्छ।

यस फिल्ममा प्रभात र स्मारिकासहित श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खबपु, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतको अभिनय  छ।

आशिष ढकालको लेखन र निर्देशन रहेको फिल्मको निर्माता गोमन सिंह हुन्। को–प्रोड्युसरमा रिता चौधरी रहेकी छन्। फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन्। जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको यो फिल्ममा बिजिएम रिदम कँडेलको छ। फिल्ममा कोरियोग्राफर देबेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ।

निर्माण टिमका अनुसार ‘मुगलान’ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्नेछ। फिल्मको प्रचार–प्रसार अहिले तीव्र गतिमा अघि बढाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad