कला


११ सहरमा सांगितीक प्रस्तुतिका लागी अमेरिका उडे दुर्गेश थापा

११ सहरमा सांगितीक प्रस्तुतिका लागी अमेरिका उडे दुर्गेश थापा

नेपालखबर
असोज २९, २०८२ बुधबार १३:४४, काठमाडौँ

गायक दुर्गेश थापा सांगितिक प्रस्तुतीका लागी मंगलबार अमेरिका उडेका छन्। उनी अमेरिकाका बिभिन्न ११ शहरमा आयोजना हुने कार्यक्रममा प्रस्तुती दिनका मंगलबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अमेरिका प्रस्थान गरेका हुन्। 

दुर्गेशको पहिलो कार्यक्रम आगामी शुक्रबार (१७ अक्टोबर) अस्टिन टेक्सासबाट सुरु हुनेछ। नोभम्बर २२मा डल्लास टेक्सासमा पुगेर सकिनेछ। त्यो बिचमा उनले न्युओर्क, बाल्टिमोड, कोलम्बस, कोलोराडो लगायतका ठाउँमा ११ स्टेजमा प्रस्तुती दिने आयोजकले जानकारी दिएको छ यो टुर आरएनआर ग्रुप्स एलएलसी (रोशन पुरी), पाण्डे होम्स एलएलसी (गणेश पाण्डे), एकेबी कम्पनी एलएलसी (अशिष भडेल) द्वारा आयोजना गरिएको हो भने पिस एण्ड ब्युटी नामक गैर नाफामुखी संस्थाले साझेदारी गरेको छ।

अग्रिम टिकटका लागी पनि आयोजकले आग्रह गरेको छ। आयोजकले दुर्गेशको यो पहिलो अमेरिका टुर भएकाले पनि दर्शकको उल्लेख्य उपस्थिती हुने अपेक्षा राखेको छ। 

आयोजक मध्येका एक रोशन पुरीले दुर्गेशलाई पहिलोपटक अमेरिकामा रहेका नेपालीहरु माझ ल्याउन पाउँदा खुसी लागेको बताए। रोशनले यो टुरलाई एक सांगितीक कार्यक्रम मात्र नभई फरक फरक ठाउँमा रहेका नेपालीहरु जमघट हुने अवसर पनि भनेका छन्।

कलाकार दुर्गेशले पहिलोपटक अमेरिकाका बिभिन्न शहरमा आफूले प्रस्तुती दिन पाउने कुराले खुसी लागेको सुनाएँ। साथै उनले आफूलाई सहज हुने ठाउँका कार्यक्रममा उपस्थित भइदिनका लागी दर्शकलाई आग्रह गरेका छन् । दुर्गेशले आफ्नो पछिल्लो समयका चर्चित गीत दुश्मन हेरेको हेरेई, जाने भए जाममाया लगायत थुप्रै गीत सुनाउनेछन्। 

सोहि अवसरमा अर्की चर्चित गायिका मेलिना राईको पनि प्रस्तुती रहने बताइएको छ। नोभम्बर १ मा भर्जिनियामा हुने कार्यक्रममा दुर्गेशसँगै मेलिनाको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad