सुपरहिट फिल्म ‘कबड्डी’ को पाँचौं श्रृंखलाको छायांकन सुरू भएको छ। मंगलबारदेखि मुस्ताङमा चर्चित सिरिज ‘कबड्डी ५’ को सुटिङ सुरू गरिएको हो।
सोमबार मुक्तिनाथ मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको थियो। फिल्मको छायांकन सेड्युल ३५ दिनको राखिएको छ। यस फिल्ममा रामबाबु गुरुङको निर्माण र निर्देशन रहेको छ।
फिल्ममा अघिल्लो सिरिजका दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्की देखिनेछन्। त्यसैगरी, पाँचौं श्रृंखलामा अभिनेता विपिन कार्की र मिस यूके नेपाल २०१७ सिर्जना गुरूङको पनि अभिनय रहनेछ।
बाँसुरी फिल्म्स प्रालिको ब्यानर रहेको फिल्ममा निर्देशक रामबाबुकै लेखन रहेको छ। ‘कबड्डी’ का अघिल्ला सबै सिरिजहरू बक्सअफिसमा सुपरहिट छन्।
60
Shares

प्रतिक्रिया