कार्तिक १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘परान’ को ट्रेलर सार्वजनिक भएको छ।
सार्वजनिक ट्रेलरले नेपाली समाजको पारिवारिक कथा प्रस्तुत गरेको छ। विशेषतः जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडाको संवेदनालाई देखाउन खोजिएको छ।
‘परान’ फिल्मलाई डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन्। आचार्यकै कथा रहेको यस फिल्मको पटकथा र संवाद यम थापाले तयार पारेका हुन् । देशकै प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी ‘बाइस्कोप सिनेमा प्रा.लि.’ ले फिल्म निर्माण गरेको हो।
30
Shares

प्रतिक्रिया