कला


‘कल्ली’को ३ पोस्टरमा सौगातदेखि नाजिर, वर्षा र सुलक्षण

‘कल्ली’को ३ पोस्टरमा सौगातदेखि नाजिर, वर्षा र सुलक्षण

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १६:३०, काठमाडौँ

फागुनको १ गतेबाट प्रदर्शन हुने फिल्म ‘कल्ली’को ३ पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा कलाकारहरूको फरक फरक गेटअप देख्न सकिन्छ। 

सार्वजनिक पोस्टरमा नाजिर हुसेन र  वर्षा राउतको काखमा बाल कलाकार मञ्जिला बानियाँलाई देख्न सकिन्छ।

यस्तै, एक अर्को पोष्टरमा कलाकार सुलक्षण भारतीको भिन्न गेटअप छ। यस्तै, अर्को एक पोस्टरमा नायक सौगात मल्ललाई देख्न सकिन्छ। यसले, फिल्मको कथावस्तुबारे दर्शकको उत्साह अझै बढाउने देखिएको छ।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्ममा महेश दवाडीको लेखन रहेको छ। यो फिल्ममा कथा र निर्देशक लक्ष्मण सुनारको छ।
यस फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको मुख्य भूमिका छ। यस्तै, फिल्ममा उपेश ढकाल, मञ्जिला बानियाँ र समर्पण खतिवडा बाल कलाकारको अभिनय छ।

आशिष अविरल, सरित राई, केतन क्षेत्रीको संगीत रहेको यो फिल्ममा एनवी महर्जनको एक्सन, निसाल पौडेलको छायांकन छ। राकेश दाहालले फिल्मको पोस्टर तयार पारेका हुन्। लेकाली इन्टरटेन्मेन्ट प्रा.लि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा यो फिल्म तयार भएको हो । 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad