चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्देशक/कलाकार दिनेश डीसीले ५९ वर्षको उमेरमा राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्।
फिल्म र सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका उनले ५७ वर्षको उमेरमा पुनः टियूअन्तर्गत एक्टिभ कलेजमा भर्ना भई दुई वर्षको मेहनतपछि यो शैक्षिक सफलता हासिल गरेका हुन्।
‘हिजो आजका कुरा’ बाट ‘ट्वाक्क टुक्क ’ हुँदै सञ्चार क्षेत्रमा प्रवेश गरेका डीसी पछिल्लो करिव चार दशकदेखि नेपाली चलचित्र उद्योगमा निरन्तर क्रियाशील छन्। चलचित्रका निर्माता, निर्देशक र लेखकका रूपमा स्थापित उनीले रेडियो कान्तिपुर र कान्तिपुर टेलिभिजनका प्रमुखका रूपमा समेत उल्लेखनीय अनुभव प्राप्त गरेका छन्।
पहिले उनले अमृत सायन्स क्याम्पसबाट बीएससी र त्यसपछि बीए (अंग्रेजी) अध्ययन पूरा गरेका थिए। २०४९ साल मै एमबीए सकेर पनि थेसिस अपूर्ण रहेकाले स्नातकोत्तर अधुरो रहेको र सो पढाई रद्द भएको भए पनि उनले शिक्षा यात्रा रोकेका थिएनन्।
५९ वर्षको उमेरमा राजनीतिशास्त्रमा एमए सम्पन्न गर्दै उनले भनेका छन्-अब पीएचडी गरेर मात्र मेरो औपचारिक शिक्षा यात्राले विश्राम पाउनेछ।
Shares

प्रतिक्रिया