फिल्म ‘चंगा चेट’ मा समावेश चर्चित गीत ‘गोजीमा दाम छैन’ लाई युट्युबमा १० करोड पटक हेरिएको छ। सात वर्षअघि ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले आज १० करोड भ्युज पाएको हो।
‘गोजीमा दाम छैन’ को भिडियोमा चलचित्रका मुख्य कलाकारहरू प्रियंका कार्की, सन्दीप क्षेत्री, आयुष्मान देशराज जोशी, परमिता राणा, रबिन्द्र झा र सुरक्षा पन्त फिचर छन्।
भिडियोको कोरियोग्राफी प्रविन सिंहले गरेका हुन् भने निरज कंडेलले डीओपीका रूपमा काम गरेका छन्। चलचित्रको सम्पादन दिर्घ खड्काले र निर्देशन दीपेन्द्र के. खनालले गरेका हुन्।
27
Shares

प्रतिक्रिया