चर्चित साङ्गीतिक जोडी महेश काफ्ले र अस्मिता अधिकारीले ‘सोलफुल यूएसए यात्रा’ सफलतापूर्वक सम्पन्न भएको छ। यो जोडीले अमेरिकाको १५ भन्दा बढी सहरमा विभिन्न साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिएका हुन्।
'थ्री ई इन्टरटेन्मेन्ट'ले महेश र अस्मिताको जोडिलाई फिचर्ड गर्दै आयोजना गरेको 'सोलफुल म्युजिकल यात्रा' करिब साढे २ महिना भन्दा बढी चलेको थियो। अमेरिकाको भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको थियो।
भर्जिनियाको एसबर्नमा आयोजित दसैँ तिहार फेस्टिभल र टेक्ससको ड्यालसमा आयोजित म:म फेस्टिभलमा महेश र अस्मिताको युगल जोडीलाई हेर्न १५००० भन्दा बढीको सङ्ख्यामा दर्शक उपस्थित भएको आयोजक थ्री इ इन्टरटेनमेन्टका तर्फबाट सुरेश सापकोटाले जानकारी दिए।
'सोलफुल यूएसए म्युजिकल यात्रा' सफलतापूर्वक सम्पन्न भएको र दर्शकहरूले महेश र अस्मिताको जोडीलाई निकै रुचाएको आयोजकले बताए। परदेशमा रहेका भएका नेपालीसँग तीज, दसैँ, तिहार जस्तो महत्त्वपूर्ण नेपाली चाडसँगै मनाउँदै प्रस्तुति दिन रमाइलो भएको अस्मिता र महेशको भनाइ छ।
Shares

प्रतिक्रिया