कला


‘रमिताको पिरती’ मा आनाको जोडी धिरज कि समीर ?

‘रमिताको पिरती’ मा आनाको जोडी धिरज कि समीर ?

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १७:३८, काठमाडौँ

फिल्म ‘रमिताको पिरती’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ। सुदिप्ताको निर्देशनमा तयार भएको यो फिल्म माघको २३ गतेबाट रिलिज हुनेछ। 

आज ललितपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो। यस फिल्ममा अभिनेत्री आना शर्मा मुख्य भूमिकामा छिन्। उनको साथमा फिल्ममा अभिनेताद्वय धिरज मगर र विनय श्रेष्ठलाई देख्न सकिन्छ। यही फिल्मबाट गायक समीर श्रेष्ठ फिल्मको पर्दामा नायकको रुपमा उदाउँदैछन् ।

महिला केन्द्रित यो फिल्मको फस्टलुकमा नायिका आना शर्माका विभिन्न लुक्स देख्न सकिन्छ । फिल्ममा उनी ‘रमी’ पात्रको भूमिकामा छिन् । उनीसँग जोडिएका पात्र र उनको कथाको वरिपरी यो फिल्म बनेको छ।

आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको यो फिल्ममा आर.पी प्रोडक्सन एसोसियट निर्माताको रुपमा छ। फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा पुगेका चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्मले केही फरक आयाम र कथा बोकेको भन्दै शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै नव–नायक समीर श्रेष्ठले आफू यो फिल्ममा संगीतकारको रुपमा जोडिएको र कथावस्तु मन परेपछि काम गरेको सुनाए।


यस्तै, अभिनेत्री आना शर्माले ४ वर्ष अगाडि नै यो कथा आफूले सुनेको र यसको कथावस्तु फरक लागेकाले जोडिएको सुनाइन् । उनले अहिले आफ्नो जीवनमा ‘रमिताको पिरती’ नै घुमिरहेको तर्क गर्दैै दर्शकलाई यो फिल्मको कथावस्तु मनपर्ने तर्क गरिन् । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad