सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ यतिबेला छायांकन भइरहेको छ। यसैबीच, यस फिल्ममा गायक तथा अभिनेता प्रशान्त तामाङ पनि देखिने भएका छन्।
तामाङले स्वयमले यसबारे फेसबुकमार्फत जानकारी दिएका हुन्। तामाङले मुम्बईको गोरगाउँस्थित फिल्म सिटीमा छायांकन भैरहेको फिल्मको सेटबाट फोटो सार्वजनिक गरेका छन्। उनले लेखेका छन्, ‘अब केही हुँदैछ। म साँच्चिकै उत्साहित छु। धन्यवाद सलमान खान सर।’
उक्त तस्विरमा अनुपविक्रम शाहीलाई पनि देख्न सकिन्छ। केही समयअघि अनुपबिक्रम शाही फिल्ममा भिलेनको रूपमा देखिने कुरा बाहिरिएको थियो। यतिखेर अनुप फिल्मको दोस्रो चरणको छायांकनमा व्यस्त छन्।
सलमान खान फिल्मस्को ब्यानर रहेको फिल्ममा अपूर्व लाखियाको निर्देशन छ। यस फिल्मलाई सन् २०२६ कै बहुप्रतीक्षित फिल्मको रूपमा हेरिएको छ।
भारतीय सञ्चारमाध्यमअनुसार जुन १५, २०२० मा गलवान घाँटीमा भएको भारतीय र चिनियाँ सेनाबीच भएको झडपको कथावस्तुमा यो फिल्म आधारित छ। जसमा सलमानले सैनिक अफिसरको भूमिकामा देखिनेछन्।
Shares

प्रतिक्रिया