सेलिब्रेटीहरूका क्रेजी फ्यानहरू हुन्छन्। जो उनीहरूलाई माया दर्शाउन अनेक हर्कत गर्छन्। लोकगायक प्रकाश दुतराजकी एक फ्यानले पनि यस्तै गरेकी छिन्।
हालै दुतराज सांगीतिक प्रस्तुति दिन बुटवल पुगेका थिए। जहाँ उनले आफ्नो चर्चित गीत ‘चौली मैलै भो’ गाउँदै थिए। सोहीक्रममा एकजना युवती दौँडिदै स्टेजमा आइन्।
र, दुतराजलाई झ्याप्पै अंगालो हालिन्। निकैबेरसम्म उनले प्रकाशलाई अंगालो हालिरहिन्। जुन भिडिओ यतिखेर टिकटकदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
प्रकाशसँग यस्तो भएको पहिलोपटक भने होइन्। यसअघि पनि प्रस्तुति दिने क्रममा एकजना युवती फ्यानले गालामा चुम्बन गरेकी थिइन्।
96
Shares

प्रतिक्रिया