कला


विदेशमा ‘आ बाट आमा’ को उच्च माग, एकैसाथ चार देशको प्रदर्शन राइट बिक्री

विदेशमा ‘आ बाट आमा’ को उच्च माग, एकैसाथ चार देशको  प्रदर्शन राइट बिक्री

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १४:४५, काठमाडौँ

आगामी माघ १६ गतेबाट रिलिज हुने फिल्म ‘आ बाट आमा’को युएई, कतार, बहराइन र इजरायलका प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण पक्षले बिहिबार यि चार वटा देशमा आफ्नो फिल्म सोल्ट आउट भएको जानकारी दिएको छ।

यसअघि यस फिल्मलाई हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार लिइसकेको छ। पछिल्लो समय यो फिल्मको विदेशमा उच्च माग बढेको देखिन्छ। निर्देशक चन्द्र पन्तका अनुसार विदेशी बजारबाट आएको उत्साहप्रद प्रतिक्रिया नेपाली फिल्मका लागि सुखद संकेत हो।

आर्या इन्टरटेन्मेन्टले निर्माण गरेको निर्देशक चन्द्र पन्तको कथा रहेको छ। फिल्ममा विपना थापा,प्रदीप रावत,पल शाह,साईग्रेस पोखरेल,अंशु महर्जन,सिम्रन पन्त,उषा उप्रेती, विशाल पहाडी,रवीन्द्र झा,गजित बिष्ट,हेमराज अधिकारी,दिलिप उखेडा,रचना गौतमको अभिनय रहेको छ।

यस फिल्मले आमाको संघर्ष, जिम्मेवारी र समाजले आमाप्रति देखाउने व्यवहारलाई केन्द्रमा राखेको बताइएको छ। फिल्ममा ‘बा आमाले पसिनाले घर बनाउनु भयो,हामीले रहर र बाध्यता ‘पासपोर्ट’बनाउनु पर्यो’भन्नै स्लोगनले दर्शकको ध्यान ताकिसकेको छ। किनभने यस शब्दले आमा बुबाप्रति छोराछोरीबीचको गहिरो भावना कथा बुनिएको छ भनेर बुझ्न सकिन्छ।

नेपालमा फिल्म वितरणको अधिकार आरआर फिल्मस्ले पाएको छ भने फिल्मको डिजिटल अधिकार ओएसआर रहेको छ। निर्देशन चन्द्रको डेब्यु निर्देशनमा गतवर्ष फिल्म ‘ह्रस्वदीर्घ’  रिलिज भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad