कला


महेश बस्नेतसँगको भाइरल तस्बिरबारे विशाल भण्डारीले दिए स्पष्टीकरण

महेश बस्नेतसँगको भाइरल तस्बिरबारे विशाल भण्डारीले दिए स्पष्टीकरण

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार ११:५४, काठमाडौँ

टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन’ का निर्देशक विशाल भण्डारी यतिखेर विवादमा फसेका छन्। 

एमाले नेता महेश बस्नेतसँगको भेटघाटको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ।

बस्नेतको निवासमा खिचिएको एउटा तस्बिर र भिडिओ भाइरल भएपछि निर्देशक भण्डारीले यसबारे स्पष्टीकरण दिएका छन्। शुक्रबार बिहान उनले फेसबुकमा लेख्दै आफू नितान्त व्यक्तिगत समस्या समाधानको पहलका लागि त्यहाँ पुगेको उल्लेख गरेका छन्।

‘पछिल्लो समय परेको व्यक्तिगत समस्याका कारण म सहयोगको आशमा तत्कालिन प्रधान मन्त्री कार्यालय, गृह मन्त्रालय र विभिन्न कार्यालयहरू, नेताहरू तथा सम्बद्ध व्यक्तिहरूसँग भेटघाट गरिरहेको थिएँ। जेनजी आन्दोलनपछि पनि त्यही समस्या लियर अहिलेको प्रम कार्यालय र गृहका सथिहरु संग संपर्कमै थिए र छु। यही क्रममा धेरै ठाउँमा गएको, धेरैलाई  भेटेको तस्बिर र प्रमाणहरू पनि म संग छन्।
त्यसैबीच महेश बस्नेत ज्युको घरमा भेटको क्रममा खिचिएको एउटा फोटो भिडिओ अनावश्यक रूपमा भाइरल बनाइयो,’उनले लेखेका छन्।

व्यक्तिगत समस्या सुनाउन र सुल्झाउन भेटेका आधारमा आधारमा आफूलाई कुनै राजनीतिक धार वा समर्थनमा रहेको भनेर नबुझिदिन उनले आग्रह गरेका छन्। साथै एउटा तस्बिरका आधारमा भ्रम नफैलाइदिन समेत उनको भनाइ छ।

उनले लेखेका छन्,‘आजसम्म पनि सहीलाई सही र गलतलाई गलत भन्नु मेरो सिद्धान्त हो। म राजनीतिक रूपमा कसैको पक्षमा उभिएको छैन, न कुनै समूह, दल वा व्यक्तिको समर्थनमा म त्यहाँ गएको थिएँ। मलाई चिन्नुहुने साथीभाइ, मिडिया तथा सबैलाई कृपया एउटा तस्बिरका आधारमा भ्रम नफैलाइदिनुहोस्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad