कला


‘बाटुलो जून’ शुभमुहूर्त, अनमोलको जोडी प्रिन्सी कि न्यान्सी?

‘बाटुलो जून’ शुभमुहूर्त, अनमोलको जोडी प्रिन्सी कि न्यान्सी?

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १२:२७, काठमाडौँ

भुवन केसीको निर्देशन गर्ने फिल्म ‘बाटुलो जून’ शुभमुहूर्त गरिएको छ। पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार क्यामेरा र स्क्रिप्ट पूजा गर्दै निर्माण टिम छायांकनमा निस्केको हो। 

पहिलो चरणमा ४५ दिनको छायांकन सेड्यूअलसहित फ्लोरमा निस्केको यो चलचित्रलाई काठमाडौँ, ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरा लगायतका स्थानमा छायांकन गरिनेछ।

पछिल्लो फिल्म 'ड्रिम्स' रिलिजको झण्डै १० वर्षपछि अभिनेता तथा निर्देशक भुवन केसी यो चलचित्रबाट निर्देशनमा पुनरागमन गर्दैछन्। फिल्ममा सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण रहेको छ। 

यस फिल्ममा अनमोल केसीसहित अभिनेत्रीद्वय प्रिन्सी खतिवडा र न्यान्सी खड्काको मुख्य भूमिकामा देखिनेछन्। साथै भुवनसहित प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटा अभिनयमा रहनेछ।

निर्देशक केसीले यो चलचित्र ग्रामिण परिवेशको विशुद्ध प्रेमकथामा आधारित रहने बताए।

‘अनमोललाई हिजोको दिनमा देख्दै आउनुभएको भन्दा भिन्न लूक्स र अबतार दर्शकले यो चलचित्रमा देख्न सक्नुहुनेछ। यो चलचित्र नेपाली समाजको कथा, हरेक परिवारको कथा र पछिल्लो पुस्ताका युवायुवतीहरूको आफ्नै कथा बन्नेमा हामी विस्वस्त छौं,’निर्माता जिया केसीले बताइन्। 

'बाटुलो जून' निर्माणमा जीयासँग भविष्य खड्काले साझेदारी गरेकी छन्। खड्का पछिल्लो हिट फिल्म 'जेरी अन टप'की निर्मात्री हुन् । 

अभिनेता अनमोल केसीले हिजोको दिनमा बुवा भुवन केसीले 'चिनो', सम्झना' र 'कुसुमे रूमाल'जस्ता चलचित्रमा निभाएको भुमिका र सोहि चलचित्रहरूमा देखिएको लूक्समै आज आफुलाई पाएको भन्दै घुमाउरो पाराले बुवाकै विरासत धान्ने गरि यो चलचित्रमा जोडिएको बताए । बोली, भाषादेखि धेरै कुरामा भिन्न तरिकाले प्रस्तुत हुन लागेको भन्दै अनमोलले सम्पूर्ण टिमको मेहनत र साथले आफुले पनि पात्रलाई न्याय गर्ने र चलचित्र पनि उत्कृष्ट बन्ने बताए ।

अभिनेत्रीद्वय प्रिन्सी र न्यान्सीको अनमोलको फ्यानको रूपमा परिचित गराउँदै एकसाथ स्कृन सेयर गर्न पाउनुलाई गर्व र सिकाइको अबसरको रूपमा लिएको बताए।

तेजबिक्सम केसी कार्यकारी निर्माता छन् भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ । प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेको चलचित्रमा छायांकन राजेश श्रेष्ठको रहनेछ। रेनशा वान्तवा राईको कोरियोग्राफी रहने छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad