कला


‘जेरी अन टप’ मलेसिया प्रदर्शन अधिकार बिक्री

‘जेरी अन टप’ मलेसिया प्रदर्शन अधिकार बिक्री

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १५:५९, काठमाडौँ

नेपालसहित विश्वका विभिन्न देशमा प्रदर्शनरत फिल्म ‘जेरी अन टप’ को मलेसिया प्रदर्शन तय भएको छ। नेपालमा १२ करोड बढी कलेक्सन गरेको फिल्मले हालै मलेसिया प्रदर्शन तय भएको हो।

गैरआवासिय नेपाली संघ एसिया प्यासिफिक संयोजक रहेका मलेसिया वेस्ड व्यवसायी हरि भट्टराईले सम्बन्धित देशको लागि यो फिल्मको प्रदर्शन अधिकार खरिद गरेका हुन्। डिसेम्बर पहिलो साताबाट मलेसियामा 'जेरी अन टप' वक्स अफिस रिलिज गर्ने भट्टराईले बताए।

‘मुख्य शहरमा वक्स अफिस रिलिज गर्ने र नेपालीहरूको बाहुल्यता रहेका अन्य ठाउँमा जुन माध्यमबाट सहज हुन्छ त्यहि विकल्पमा फिल्म प्रदर्शन गर्ने तयारीमा छौं’, भट्टराइले भने।

नेपालसँगै अष्ट्रेलिया, अमेरिकामा एकसाथ वक्सअफिस रिलिज भएको यो फिल्म यूरोप, मध्यपूर्व लगायतका विभिन्न देशहरूमा प्रदर्शनमा छ भने यूके, कोरिया र थाइल्यान्डमा पनि प्रदर्शनको क्रममा छ। स्टार अभिनेता अनमोल केसीको करियरकै सर्वाधिक व्यापार  गर्न सफल यो फिल्म अन्तर्राष्ट्रिय बजारमा पनि उच्च मागका साथ प्रदर्शन भइरहेको छ ।

अनन्या फिल्मस् को ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिसहित निर्माण भएको फिल्ममा सुयोग गुरुङको निर्देशन छ। फिल्ममा अनमोलसहित आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्त लगायतको अभिनय छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad