कला


बलिउड अभिनेता धर्मेन्द्रको निधन

बलिउड अभिनेता धर्मेन्द्रको निधन

नेपालखबर
मंसिर ८, २०८२ सोमबार १४:४२, काठमाडौँ

बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन भएको छ। समाचार एजेन्सी आईएएनएसका अनुसार अभिनेता धर्मेन्द्रले ८९ वर्षीय धर्मेन्द्रले सोमबार दिउँसो १ बजेतिर आफ्नो घरमा अन्तिम सास फेरे।

धर्मेन्द्रको मृत्युको खबरलाई आइएएनएसले पुष्टि गरेको छ। उनको अन्त्येष्टि विले पार्ले श्मशानघाटमा हुँदैछ, जहाँ अमिताभ बच्चन र आमिर खान लगायत धेरै सेलिब्रेटीहरू पस्थित हुनेछन्।

लामो समयदेखि धमेन्द्र अस्वस्थ थिए। सोहीबीच केहीअघि उनलाई अस्पताल भर्ना गरिएको थियो। नोभेम्बर ११ मा पनि उनको मृत्यु भएको खबर आएको थियो तर परिवारले त्यसलाई अस्वीकार गरेको थियो।

सन् १९६० बाट अभिनय यात्रा सुरू गरेका धर्मेन्द्रले ३०० भन्दा बढी फिल्ममा काम गरिसकेका छन्। ‘शोले’ मा धर्मेन्द्रले विरूको भूमिका निर्वाह गरेका थिए। जुन भूमिकाबाट उनी निकै चर्चित भए। 

फूल और पत्थर, सीता और गीता,आजात, तिलक,राजपूत, चुपके चुपकेु, प्रतिज्ञाु र धर्म वीर लगायतका हिट फिल्ममा काम गरिसकेका छन्। 
 
रोमान्टिकदेखि एक्सन हिरोसम्मको छवी बनाएका उनलाई सन् १९९७ मा फिल्मफेयर लाइफटाइम अचिभमेन्ट र २०१२ मा भारत सरकारको पद्मभूषण सम्मान दिइएको थियो। पछिल्लो पटक धर्मेन्द्र ‘तेरी बातों में ऐसा उलझा जिया’ र ‘रकी और रानी की प्रेम कहानी’ मा देखिएका थिए। 

उनको अन्तिम फिल्म ‘इक्किस’ प्रदर्शन हुन बाँकी छ। आइतबार मात्रै उक्त फिल्मको पोस्टर सार्वजनिक गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad