कला


प्रिमियर शो ‘हर्ष’लाई उत्कृष्ट प्रतिक्रिया

प्रिमियर शो ‘हर्ष’लाई उत्कृष्ट प्रतिक्रिया

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १२:३२, काठमाडौँ

बुधबार ललितपुरस्थित लविम मलको क्यूएफएक्स हलमा भोलिदेखि रिलिज हुने फिल्म ‘हर्ष’को  प्रिमियर शो आयोजना गरिएको छ। प्रिमियर शोमा फिल्म हेर्न स्वर्गीय शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मीसहित निर्माता, निर्देशक, लेखक, कलाकार र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो।

भारतको मुम्बईका बस्दै आएकी अभिनेत्री निरुता सिंह लामो समयपछि नेपाली सिनेमाको प्रिमियिर शोमा पुगेकी थिइन् । उनले एकता पौडेलको डेव्यु निर्देशकिय सिनेमा ‘हर्ष’ एकदमै राम्रो बनेको बताइन् ।

सिनेमाको सुरुवातमा नै आफुले स्वर्गिय निर्देशक शिव रेग्मीको तस्वीर देखेपछि आफु भावुक भएको बताउँछिन् । ‘हर्ष’ एकदमै सन्देश मुलक सिनेमा हो । यस्तो घटनाहरु हाम्रो घर परिवार र समाजमा घटेका मैले देखेकी छु । त्यसैले एक पटक यो सिनेमा सवैले हेर्नु होला ।

स्वर्गिय निर्देशक शिव रेग्मी पत्नी ज्ञानु रेग्मीले पनि ‘हर्ष’ राम्रो बनेको भन्दै भान्जी एकतालाई सफलताको शुभकामना दिइन्। ‘१२ वर्षपछि खोला पनि फर्किन्छ भन्छन् हाम्रो परिवारमा पनि हाज त्यस्तै भएको छ। १२ वर्षपछि भान्जी एकता पौडेलले सिनेमा निर्माण तथा निर्देशन गर्ने आँट गरेकी छन्। एकदमै खुशी लागेको छ। निर्देशक शिव रेग्मी वा मेरो श्रीमानले भन्नु हुन्थयो नेपाली सिनेमा काम गर्ने मान्छे आउँदा कहिल्यै नरिसाउनु । नेपाली सिनेमा उद्योग मेरो घर हे । त्यहाँ काम गर्ने कलाकारहरु मेरो सन्तान हुन् । त्यसैले उनीहरुलाई सम्धै माया गर्नु भनेको अझै सम्झना छ । आज बिहीबार स्वर्गिय निर्देशक शिव रेग्मीको वार्षिकी पनि हो,’ उनले भनिन् ।

अभिनेता तथा व्यवसायी संजोग कोइरालाले पनि हर्ष एउटा फरक अनुभव दिने पारिवारिक सिनेमा बनेको भन्दै सवैलाई हेर्न आग्रह गरे। अभिनेत्री वर्षा राउतले पनि प्रिमियर शोमा सिनेमा राम्रो बनेको प्रतिक्रिया पाउँदा हर्षित बनेको बताइन् ।

फिल्मका मुख्य अभिनेता खगेन्द्र लामिछाने पनि प्रिमियर शोमा मिलेको प्रतिक्रियाले खुशी देखिए। आफुले पहिलो पटक फरक खालको सिनेमा गरेकाले कस्तो होला भन्ने थियो। सवैले मन पराइदिनु भयो । खुशी लागेको छ । अव दर्शकले पनि मन पराउनु हुनेछ भन्ने विश्वास छ ।’

डेव्यु निर्देशक एकता पौडेलले आफुले बच्चादेखि सिनेमा निर्माण तथा निर्देशन गर्ने सपना साकार हुँदा निकै खुशी लागेको बताइन् । ‘आज प्रिमियर शोमा सिनेमा हेर्नु भएका पाहुनाहरुले मामाको झल्को दिन सफल भएको बताउनु भएको छ । त्यसले पनि आगामी दिनमा अझै राम्रा सिनेमा निर्माण गर्नु पर्ने चुनौती समेत देखिएको छ । सिनेमाकर्मी तथा पत्रकारहरुले जस्तै दर्शकले पनि हर्ष मन पराउनु हुन्छ भन्ने अपेक्षामा छु हेरम के हुन्छ,’ निर्देशक पौडेलल भनिन् ।

यस फिल्ममा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।

आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ । फिल्मको कथा स्वयं निर्देशक पौडेलको हो।

प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad