कला


शोभितको ‘पीआर’ अष्ट्रेलिया र न्युजिल्याण्डमा पनि सोल्टआउट

शोभितको ‘पीआर’ अष्ट्रेलिया र न्युजिल्याण्डमा पनि सोल्टआउट

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १५:१९, काठमाडौँ

मंसिर २६ गतेबाट प्रदर्शन आउन लागेको फिल्म ‘पीआर’ प्रदर्शन राइट अष्ट्रेलिया र न्युजिल्याण्डक बिक्री भएको छ। यस फिल्मलाई मि.श्रेष्ठ प्रोप्राइत्री लिमिटेड तथा श्रेष्ठ फ्यास्लिटी म्यानेज्मेन्ट कम्पनीले खरिद गरेको हो।

यस कम्पनीका सञ्चालक विजेन्द्र श्रेष्ठले अष्ट्रेलिया र न्युजिल्याण्डमा प्रदर्शनका लागि खरिद गरेको बताए। उनका अनुसार फिल्मले सामाजिक सन्देश दिने र सबैले बुझ्नुपर्ने विषय भएकाले सबैको माग अनुसार खरिद गरिएको हो। यसअघि यो फिल्म अष्ट्रेलियाकै विभिन्न स्थानमा विशेष शो समेत गरिएको थियो। शो हेरेका अधिकांश दर्शकले फिल्म राम्रो बनेको भन्दै फिल्म र  निर्माण पक्षको प्रशंसा गरेका थिए।

शोभित बस्नेतको निर्देशन रहेको फिल्ममा आर.ए.सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के.सी.नेपाल, र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।

यतिबेला निर्देशक बस्नेत यो फिल्मको प्रमोसन र त्यहाँको हलमा फिल्म रिलिजका लागि अष्ट्रेलियामा नै रहेका छन्। उनी यतिबेला अष्ट्रेलियामा नै फिल्मको प्रमोसनमा लागिरहेका छन्।

यस फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्।  बन्दे प्रसादको सम्पादन रहेको छ भने गणेश बुढाथोकीको लेखन रहेको छ।

सौरभ सायमी र सौरभ लामाले फिल्मको छायांकन गरेका छन् भने वितरण आर आर फिल्म्सले गर्दैछ।  सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा कोरियोग्राफी रामजी लामिछानेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad