कला


‘डल्लेले इन्ट्री मार्‍यो’को फर्स्टलुक पोस्टरमा यस्तो देखिए बले

‘डल्लेले इन्ट्री मार्‍यो’को फर्स्टलुक पोस्टरमा यस्तो देखिए बले

नेपालखबर
मंसिर १५, २०८२ सोमबार १२:१६, काठमाडौँ

आगामी चैत २७ गतेबाट प्रदर्शन हुने फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार फिल्मको पहिलो झलक सार्वजनिक गरेको हो।

पोस्टरमा मुख्य अभिनेता सागर लम्साल (बले) को लुक्स देख्न सकिन्छ। उनी हातको औँलाले सिगरेट तानेर झुम्म परेका दृश्यमा देखिएका छन्। कतै-कतै सिगरेट तान्दा उनी निदाएका जस्तो देखिनु उनको क्यारेक्टरको विशेषता झल्काउँछ। 

पोस्टरमा केवल सागर लम्साललाई मात्रै देखाइएको छ, अन्य कलाकार समावेश गरिएको छैन। फिल्मको अधिकांश छायांकन कास्कीको याङ्जाकोटमा भएको हो भने करिब १० प्रतिशत दृश्य काठमाडौंको गागलफेदी आसपास खिचिएको छ।

राजु गिरीको निर्देशनमा तयार भएको फिल्ममा  पटकथा र संवाद लक्ष्मण सुवेदीको रहेको छ। उनले यसअघि आधा दर्जनभन्दा बढी फिल्म लेखन र निर्देशन गरिसकेका छन्।

फिल्ममा सागरसहित रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रबिन्द्र झा, कैलास रावत, बिशाल पहाडी, ध्रुव कोइराला, साबित्रा चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई, मोहनकृष्ण श्रेष्ठ, सुचेन्द्र परियार, रामहरि खड्का, रमेश अधिकारी,माधबा खनाल,सुस्मा के सी नबराज गिरि लगायत कलाकारको अभिनय छ। निर्देशक राजु गिरी स्वयं ले पनि अभिनय गरेका छन्। बालकलाकारमा कंगना गिरी,रोनिश खड्का र काजल गिरी रहेका छन्।

फिल्म उषा फिल्म्स प्रालि को ब्यानरमा निर्माण भएको हो भने वितरण नेसनल सिने ग्रुपले गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad