धनुष र कृति सेननको मुख्य भूमिका रहेको फिल्म ‘तेरे इश्क में’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। गत शुक्रबारदेखि प्रदर्शनरत यस फिल्मले पाँचदिनमा ७१ करोड नेट भारतीय रुपैयाँ कलेक्सन गरेको छ।
भारतीय ट्रेड वेबसाइट स्याकनिल्कका अनुसार फिल्मले पाँचौं दिन मंगलबार १० करोडमाथिको व्यापार गरेको छ। आनन्द एल राय निर्देशित यस फिल्मले शुक्रबार १६ करोडको ओपनिङ गरेको थियो। शनिबार १७ करोड, आइतबार १९ करोड र सोमबार ८.७५ करोड भारू कमाइ गरेको थियो।
योसँगै धनुषले आफ्नो अघिल्लो अघिल्लो फिल्म ‘इडली कढाई (५० करोड)’ को कुल कमाइलाई उछिनिसकेको छ। प्रेमकथामा आधारित यस फिल्मले यतिखेर निकै चर्चा बटुलिरहेको छ। विशेषगरी, फिल्ममा धनुष र कृतिको केमेस्ट्रीलाई दर्शकहरूले निकै मन पराइरहेका छन्।
कलर यल्लो प्रोडक्सन र टीसिरिजको ब्यानरमा बनेको फिल्मको आनन्द एल राय, हिमांशु शर्मा र भूषण कुमार निर्माता हुन्।
Shares

प्रतिक्रिया