कला


सार्वजनिक भयो ‘पीआर’को टाइटल गीत

सार्वजनिक भयो ‘पीआर’को टाइटल गीत

नेपालखबर
मंसिर २३, २०८२ मंगलबार १८:३८, काठमाडौँ

शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ को टाइटल गीत सार्वजनिक भएको छ। यहीँ शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको टाइटल गीत ‘पीआर को चक्करले’ रिलिज गरिएको हो।

मानस राजको शब्द र संगीत रहेको गीतमा मानससहित समिक्षा अधिकारीको स्वर सुन्न सकिन्छ। गीतको भिडिओमा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई देख्न सकिन्छ। भिडिओमा शोभित बस्नेतको कोरियोग्राफी रहेको छ। 

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी डागी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। त्यसैगरी विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्की देखिनेछन्।

प्रेम, संघर्ष र आप्रवासनको संवेदनशील कथामा आधारित ‘पीआर’ को प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन्। फिल्मका निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन्। निर्माण पक्षका अनुसार फिल्मले विदेश जाने नेपाली युवाको सपना, चुनौती र त्यस पछाडिका सामाजिक यथार्थलाई मुख्य विषय बनाएको छ।

फिल्मको सम्पादन बन्दे प्रसादले गरेका छन् भने लेखन गणेश बुढाथोकीको रहेको छ। छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन्। वितरणको जिम्मा आर आर फिल्म्सले लिएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad