कला


हलमा लागे ‘पीआर’, ‘लोकन्ती’ र ‘अखण्ड २’

हलमा लागे ‘पीआर’, ‘लोकन्ती’ र  ‘अखण्ड २’

नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार १४:२५, काठमाडौँ

आज नेपाली सिनेमा हलमा दुई नेपालीसहित एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपालीतर्फ ‘पीआर: पर्मानेन्ट रेसिडेन्ट’, ‘लोकन्ती’ रिलिज हुँदा भारतीय फिल्म ‘अखण्ड-२’ हलमा लागेको हो।

शोभित बस्नेत निर्देशित ‘पीआर’ ले वैदेशिक अध्ययनसँग जोडिएका सामाजिक पाटोलाई समेटेको छ। अस्ट्रेलिया गएका नेपाली विद्धार्थीले पीआर लिन व्यहोर्नुपर्ने संघर्षको कथा फिल्ममा छ।

यस फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्रीलगायतको अभिनय छ। त्यस्तै, नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्की लगायतले विशेष भूमिकामा देखिएका छन्।

त्यस्तै, एसराज गराच र ऋचा थापाको मुख्य भूमिका रहेको ‘लोकन्ती’ पनि रिलिज भएको छ। यस फिल्मले परम्परा, रीतिरिवाज, सामाजिक मूल्यमान्यता, पहिरन र संस्कृतिको कथा समेटेको छ। आफ्नो प्रेम प्राप्तिको लागि लोकन्तीले गरेको संघर्ष र त्यागलाई फिल्ममा देखाइएको छ।

रञ्जित रानाले निर्देशित यस फिल्ममा यशराज र ऋचासहित विमला लिम्बु, कुमार न्यौपाने, विकास अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभाको अभिनय छ। सन्तोष न्यौपाने निर्माता रहेको फिल्मले मल्टिप्लेक्स हलमा न्युन शो पाएको छ।

तेलुगु फिल्म ‘अखण्ड २ : ताण्डवम’ एक्सन र फेन्टासी जनरामा बनेको हो। यो सन् २०२१ मा रिलिज भएको सुपरहिट फिल्म ‘अखण्ड’ को सिक्वेल हो। बोयापाटी श्रीनु निर्देशित यस फिल्ममा नन्दामुरी बालकृष्ण, संयुक्ता मेनन, आदि पिनिसेट्टी, कबीर दुहन सिंहलगायतको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad