फिल्म ‘मिरमिरे’ को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई छन्। यस फिल्मको टिजर सार्वजनिक भइसकेको छ। बुवा र छोरीको भावनात्मक सम्बन्ध रहेको टिजरले दर्शकले मन जितिरहेको छ।
प्रचारप्रसार सामाग्री बाहिर ल्याउन थालेको निर्माण टिमले केही दिन पछाडि गीत सार्वजनिक गर्ने तयारी गरेको छ। जुन गीतमा बेनुका राईको स्वर रहेको निर्माणपक्षले जनाएको छ।
बेनुकाको स्वर रहेको यो गीतमा हर्क साउदको शब्द र मनोज थापा मगरको संगीत छ।
सिनेमामा लेखन तथा निर्देशन यम शेर्पाको छ। निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन्। यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्। देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।
24
Shares

प्रतिक्रिया