स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘लाली बजार’ को छायांकन सकिएको छ। बर्दियामा ४० दिन लगाएको फिल्मको सुटिङ पूरा गरिएको निर्माण टिमले जनाएको छ।
यो फिल्म यस थापाको लेखन र निर्देशनमा बनेको हो। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण रहेको फिल्ममा रविन्द्र सिंह बानियाँ र म्याक्स दीपेश खत्रीको लगानी छ। फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् ।
यस फिल्ममा रविन्द्र सिंह बानियाँ, आशा पौडेल, विशाल सापकोटा, गोविन्द सुनार, अभय बराल, समायरा थापा लगायतका कलाकारहरूको अभिनय छ।
फागुनको १ गतेको लागि फिल्मको रिलिज मिति तय गरिएको छ।
33
Shares

प्रतिक्रिया