थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘बहादुरपुरको दन्त्यकथा’ मञ्चन सुरु भएको छ। पुस ४ गतेदेखि सुरु भएको नाटक पुस २७ गतेसम्म चल्नेछ।
सरस्वती चौधरीको परिकल्पना र निर्देशन रहेको नाटकको सुरज यादव निर्माता हुन्।
यो नाटक भारतीय नाटककार बादल सरकारको नाटक ‘वल्लभरपुरेर रुपकोथा’लाई नेपालीमा अनुवाद गरिएको हो। जसलाई विजय विस्फोटनले नेपालीमा भावनुवाद गरेका हुन्।
बादलको यो चर्चित नाटक भारतमा पटक–पटक मञ्चन भइसकेको छ। हास्यव्यङ्ग्य र रहस्यमयी नाटकमा विशेषतया राजा महाराजाका सन्तानहरूको अवस्था जति सुकै दयनीय अवस्थामा पुगे पनि दम्भ, अहंकारयुक्त राजर्षि ठाँटको जीवनयापनलाई वेजोड तरिकाले व्यङ्गय गरिएको छ।
नाटकमा सरस्वतीसहित प्रवीण खतिवडा, घनश्याम जोशी, कमलमणि नेपाल, रामभजन कामत, सरिता गिरी,चन्द्र नेपाली, आदित्यनारायण मिश्राको अभिनय रहेको छ।
Shares

प्रतिक्रिया