चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेही कार दुर्घटनामा परेकी छिन्। शनिबार दिउँसो कार्यक्रमको लागि प्रस्तुति दिन जाँदा उनी मुम्बईमा कार दुर्घटनामा परेकी हुन्।
दुर्घटनामा उनको टाउकोमा चोट लागेको थियो। यसको बाबजुद पनि उनले शनिबार साँझ एक कन्सर्टमा प्रस्तुति दिइन्। उनको स्वास्थ्य अवस्था खतरामुक्त छ।
यसैबीच दुर्घटनापछि नोराले पहिलोपटक सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्यावस्थाबारे जानकारी दिएकी छन्। इन्स्ट्राग्राम स्टोरीमा दुर्घटनाको छोटो भिडिओ सार्वजनिक गर्दैं उनले आफ्नो जीवनको सबभन्दा भयानक र दर्दनाक क्षणहरूमध्ये एक भएको उल्लेख गरेकी छन्।
उनले आफ्नो टाउको कारमा ठोक्किएको बताएकी छन्। नोराका अनुसार नशामा सवार एक चालकले उनको कारलाई ठक्कर दिएको थियो। जसले उनको टाउको कारको सिसामा ठोक्किदा चोट लाग्यो।
दुर्घटनापछि उनले तत्काल चेकजाँच गराएको र हाल आराम गरिरहेको उल्लेख गरेकी छिन्। आफू अझै केही पीडामा रहे पनि जीवित र सुरक्षित रहेकोमा आभार व्यक्त गरेकी छन्।
साथै, यस्तो दुर्घटनाले मानसिक रूपमा पनि असर पारेको उल्लेख गर्दै उनले सबैलाई मदिरा सेवन गरेर सवारी नचलाउन आग्रह गरेकी छन्।
Shares

प्रतिक्रिया