यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक भएको छ। सार्वजनिक गीत ‘मिरमिरे भो’ मा प्रकाश सपुत र मेलिना राईको स्वर छ।
सार्वजनिक गीतमा प्रकाशकै शब्द तथा संगीत रहेको छ। गीतमा युवा र युवतीबीचको प्रेम छ। एकले अर्कोलाई देखेपछिको आकर्षण छ। सुन्दरताले मोहित पारेको कथा गीतमा छ। युवकको हेराईले युवतीमा पारेको प्रभाव र युवतीको सुन्दरताको बयान गीतमा सुन्न सकिन्छ ।
‘मिरमिरे’मा बुवाको भूमिकामा दयाहाङ राई छन्, जसले छोरीको पात्र शाइसा गौचनले निभाएकी छन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्। यो माघ १ गतेबाट प्रदर्शनमा आउँदैछ।
45
Shares

प्रतिक्रिया