रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर’ ले आक्रामक कमाइ गरिरहेको छ। यो फिल्म सन् २०२५ को सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनिसकेको छ। यस फिल्मले भारतभर २० दिनसम्म ६ सय करोड भारतीय रुपैयाँ नेट कलेक्सन गरिसकेको छ।
नेपालमा पनि फिल्मले दर्शकहरुको राम्रो साथ पाइरहेको छ। चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्टअनुसार बिहिबार दिउँसोसम्म फिल्मको ग्रस कलेक्सन साढे ८ करोड माथि छ। साथै यस फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले पनि सुपरहिटको ट्याग दिइरहेको छ।
यस फिल्ममा रणवीर फिल्ममा एक गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन्, जसले पहिले ‘उरी: द सर्जिकल स्ट्राइक’ फिल्म निर्देशन गरेका थिए। फिल्ममा रणवीरसहित संजय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन, सारा अर्जुनलगायत कलाकारको अभिनय छ।
‘धुरन्धर’ को दोस्रो भाग सन् २०२६ को मार्चमा रिलिज हुनेछ।
Shares

प्रतिक्रिया