कला


‘भाइरल गोर्खे’को ट्रेलरमा टिकटकमा भाइरल हुने ट्रेन्डमाथि व्यङ्ग्य

‘भाइरल गोर्खे’को ट्रेलरमा टिकटकमा भाइरल हुने ट्रेन्डमाथि व्यङ्ग्य

नेपालखबर
पुस १७, २०८२ बिहिबार १५:१, काठमाडौँ

आगामी माघ १ गते रिलिज हुने ‘भाइरल गोर्खे’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले टिकटकमा भाइरल हुने होडको ट्रेन्डको कथा समेट्दै व्यङ्ग्य गरिएको छ। 

सामाजिक सञ्जालमा भाइरल बन्न मुख्य पात्र सौगात मल्ल (गोर्खे)ले गर्ने संघर्ष र अनौठा हर्कतको कथा ट्रेलरमा देखिन्छ। यो फिल्ममा सौगातको अभिनेत्री सृष्टि श्रेष्ठसँग जोडी बाँधिएको छ। 

सौगातले फिल्ममा एक्सन स्टार शिव श्रेष्ठजस्तै चर्चित बन्ने सपना बोकेको पात्रले समाजिक टिकटकमा धेरै भ्यूज पाउन जोखिम मोलेर अनौठा हर्कत गर्दा चर्चित हुन्छ। तर, उसले वास्तविक जीवनमा यथार्थको सामना गर्नुपर्दा रिल र रियल लाइफबीचको अन्तरविरोधमा कसरी अघि बढ्छ भन्ने कथा सिनेमामा देखाइएको छ।

यसअघि ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ जस्ता सिनेमा निर्देशन गरिसकेका निगम श्रेष्ठले ‘भाइरल गोर्खे’ निर्देशन गरेका हुन्। यस फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पवीको अभिनय रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad