कला


युट्युवमा रूचाइयो ‘गोबर गणेश’ को गीतसहित ट्रेलर

युट्युवमा रूचाइयो ‘गोबर गणेश’ को गीतसहित ट्रेलर

नेपालखबर
पुस २०, २०८२ आइतबार १५:४९, काठमाडौँ

कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को डेब्यु निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ को ट्रेलरलाई रूचाइएको छ। सार्वजनिक भएको केही समयमै फिल्मको ट्रेलरसहित ‘ओ हेलो हाई हाई’ ले युट्युबमा मिलयन भ्युज पार गर्दै दर्शकको मन जित्न सफल भएको हो।

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा एक गाउँले युवकको काठमाडौँ छिरेपछिको सङ्घर्ष, पारिवारिक सम्बन्ध र मित्रताको कथालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। 

मरिचमान श्रेष्ठको स्वर रहेको ‘ओ हेलो हाई हाई’ बोलको गीत अहिले टिकटक र युट्युबमा निकै लोकप्रिय बनेको छ। मरिचमान श्रेष्ठ र वर्षा सिवाकोटी फिचर्ड यो गीतले दर्शकलाई डान्सिङ बिटमा झुमाएको छ ।

समाचार तयार पार्दासम्म चलचित्रको ट्रेलर र गीत दुवैले युट्युबमा मिलयन भ्युजको आँकडा पार गरिसकेका छन्। १९ लाख बढी भ्युज पाउन सफल ट्रेलर मुभितर्फको चार्टको नम्बर २ मा छ। दर्शकहरूले फिल्मको विषयवस्तु र कलाकारको अभिनयको प्रशंसा गरिरहेका छन् । 

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा बल्छी र वर्षा शिवाकोटीसँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।

चलचित्रको कथा र निर्देशन स्वयं मरिचमान श्रेष्ठले गरेका हुन्। उनको यो पहिलो फिचर फिल्म निर्देशन हो । ‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका उनी त्यसपछि आफैँ टेलिचलचित्र निर्देशनमा आएका थिए । उनका टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन् ।

यो फिल्म माघ १ गते (माघे संक्रान्ति) देखि देशभरका हलहरूमा प्रदर्शन हुँदैछ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad