कला


गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

नेपालखबर
पुस २७, २०८२ आइतबार १२:३९, काठमाडौँ

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षको उमेरमा उनको हृदय घातका कारण निधन भएको हो।

चलचित्रकर्मी राजेश घतानीका अनुसार उनी मृत अवस्थामा फेला परेका थिए। ‘उहाँको परिवारका सदस्यहरुसँग मेरो कुरा भएको थियो,’ उनले नेपालखबरसँग भने, ‘उहाँको सुतेकै ठाउँमा मृत्यु भएको रहेछ। परिवारका मान्छेले हृदयघात भएको भन्नु भएको छ।’

इन्डियन आइडल सिजन ३ का विजेता समेत रहेका उनले हिन्दीसहित थुप्रै नेपाली चर्चित गीहरु गाएका छन्। 

साथै उनले नेपाली फिल्म ‘गोरखा पल्टन’ र ‘परदेशी’ मा समेत अभिनय गरेका छन्। उनले गाएका नेपाली गीतहरुमा असारे महिनामा, रातो रानी, गोर्खा पल्टन, घामको माया, मन साइँली, मुसु मुसुस लगायत रहेका छन्।

४ जनवरी १९८३ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका तामाङको पारिवारिक पृष्ठभूमि सामान्य खालको थियो।

सानै उमेरमा बाबुको निधन भएपछि परिवारको जिम्मेवारी सम्हाल्न उनले कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा सेवा गरेका थिए र प्रहरी अर्केस्ट्रामा सक्रिय थिए।

उनका एक छोरी र श्रीमति छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad