कला


बल्छी धुर्वेको फिल्म ‘गोबर गणेश’ ले पायो युनिभर्सल सर्टिफिकेट

बल्छी धुर्वेको फिल्म ‘गोबर गणेश’ ले पायो युनिभर्सल सर्टिफिकेट

नेपालखबर
पुस २९, २०८२ मंगलबार १३:१९, काठमाडौँ

माघ १ गतेबाट रिलिज हुने फिल्म ‘गोबर गणेश’ सेन्सर पास भएको छ। केन्द्रीय चलचित्र जाँच समितिले यस फिल्मलाई ‘यू’ अर्थात युनिभर्सल सर्टिफिकेट दिएको हो। अब यो सबै उमेर समूहका दर्शकले परिवारसँगै बसेर हेर्न पाउनेछन् ।

मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन तथा मुख्य भूमिका रहेको यो फिल्म पढाईमा कमजोर रहेको एक गाउँले युवकले काठमाडौं आएर जीवन बदल्न गरेको संघर्षमा आधारित छ। 

चलचित्रको पोस्टर, ट्रेलर र गीतले राम्रो हाइप पाइरहँदा सेन्सर बोर्डबाट प्राप्त प्रतिक्रिया प्रति निर्माण समूह खुसी छ। निर्देशक मरिचमान श्रेष्ठले सेन्सर बोर्डका सदस्यहरूले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएको बताए ।

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा बनेको फिल्ममा बल्छीसँगै, वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायतको अभिनय छ। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad