कला


प्रियंका कार्कीको पोखरा डायरी: ब्ल्याक कट-आउट पहिरनले सामाजिक सञ्जालमा हल्लीखल्ली

प्रियंका कार्कीको पोखरा डायरी: ब्ल्याक कट-आउट पहिरनले सामाजिक सञ्जालमा हल्लीखल्ली

नेपालखबर
माघ १३, २०८२ मंगलबार १३:३७, काठमाडौँ

नेपाली रजतपटकी सबैभन्दा चर्चित र 'अनस्टपेबल' सुन्दरी प्रियंका कार्कीले एकपटक फेरि इन्टरनेटको पारो तताइदिएकी छन्। कहिले 'कन्टेन्ट क्रिएटर' त कहिले 'डोटिङ मदर'को भूमिकामा देखिने प्रियंका यसपटक भने आफ्नो पुरानो ग्लाम अवतारमा फर्किएकी छन्, जसले युवालाई लोभ्याएको मात्र छैन, बहसको केन्द्रमा पनि ल्याएको छ।

आइतबार प्रियंकाले पोखराको लेकसाइडबाट केही तस्बिरहरू सार्वजनिक गरेकी थिइन्। पृष्ठभूमिमा शान्त फेवाताल देखिए पनि प्रियंकाको उपस्थितिले भने सामाजिक सञ्जाल ततो बनाइदिएको छ। ‘वाटर बेबिज’ क्याप्सन दिइएका तस्बिरहरूमा उनी 'ब्ल्याक कट-आउट (वान पिस)' मा निकै ‘सिज्लिङ’ देखिएकी छन्। रिसोर्टको टेरेसबाट खिचिएका ती तस्बिरहरूमा उनको आत्मविश्वास र फिगरको सन्तुलनले जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ।

प्रियंकाको यो फोटो सुटिङ सामान्य मात्र छैन। यसमा उनले आफ्नो मातृत्व र ग्ल्यामरलाई एकसाथ मिसाएकी छन्। तस्बिरमा छोरी आयंका सँगै रमाइरहेकी प्रियंकाले ‘मदरहुड’ पछि पनि आफ्नो शारीरिक बनावट र स्टाइललाई कसरी मेन्टेन गर्न सकिन्छ भन्ने दरिलो उदाहरण पेश गरेकी छन्।

उनको ‘क्लोज सट’ मा देखिने रिल्याक्स लुक र आँखाको चमकले उनी अहिले आफ्नो जीवनको सबैभन्दा सुखद र कन्फिडेन्ट फेजमा रहेको प्रष्ट पार्छ। प्रियंका सधैं आफ्नो शरीरलाई लिएर खुलेर बोल्ने र प्रयोगात्मक पहिरनमा रुचाउने अभिनेत्री हुन्। त्यसैले पनि उनका हरेक पोस्टमा ‘ह्याप्पी भाइब्स’ सँगै बोल्डनेसको मिश्रण हुन्छ।

उनका यी तस्बिरहरूमा कमेन्टको बाढी नै आएको छ। कसैले उनलाई ‘नेपाली क्विन’ भनेका छन् भने कसैले उनको साहस र स्टाइलको प्रशंसा गरेका छन्। पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय प्रियंकाले आफ्नो ‘कन्टेन्ट क्रिएटर’ को छविमार्फत फ्यानहरूसँग सिधा संवाद गरिरहेकी छन्।

फेवातालको शितल हावासँगै प्रियंकाको यो ‘हट’ अवतारले यो साताको इन्टरनेट हेडलाइन पक्कै पनि आफ्नो कब्जामा लिएको छ। आखिर, प्रियंकालाई थाहा छ— हेडलाइनमा कसरी बस्ने र दर्शकको मुटुको ढुकढुकी कसरी बढाउने!

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad