कला


नेपाली फिल्म ‘शिवांश’ मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’

नेपाली फिल्म ‘शिवांश’ मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’

नेपालखबर
माघ १५, २०८२ बिहिबार १५:८, काठमाडौँ

फागुन १ गतेबाट प्रदर्शन हुने फिल्म ‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर सुन्न पाइने भएको छ। फिल्ममा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत रहेको निर्माणपक्षले जनाएको छ। 

निर्माणपक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै कैलाश खेरको गीत चलचित्रमा रहेको जानकारी दिएको छ। पोस्टरमा चलचित्रका मुख्य पात्र छन् ।प्रवीण खतिवडा हातमा चक्कु बोकेर रौद्र रुपमा छन् । तेज गिरी रिसाहा मुद्रामा छन्। रुसा न्यौपाने हेरिरहेकी छन् । बिमला लिम्बू पनि केही आश्चर्यमिश्रित भावमा छिन्। विकाश जोसी हातमा डमरु बोकेर चिच्याइरहेको देखिन्छ।

महाशिवरात्रिको छेको पारेर रिलिज हुने चलचित्र ‘शिवांश’ बारे गायक खेरले नेपाल र नेपाली प्रशंसकहरूका लागि एक विशेष भिडिओ सन्देश जारी गर्दै आफ्नो नयाँ सांगीतिक परियोजना र भारत-नेपालबीचको प्रगाढ सम्बन्धबारे चर्चा गरेका छन् ।

खेरले नेपाली चलचित्र 'शिवांश'मा समावेश 'शिव ताण्डव स्तोत्रम्' गायनको सन्दर्भमा यो सन्देश दिएका हुन् । उनले नेपाली श्रोताहरूले आफ्ना हरेक गीतलाई दिने माया र साथप्रति हृदयदेखि आभार व्यक्त गरेका छन् ।

‘नेपालका फ्यानहरूले मलाई र मेरा गीतहरूलाई जुन प्रकारको प्रेम दिनुहुन्छ, त्यसका लागि म कसरी आभार व्यक्त गरुँ भन्ने शब्द छैन,’  खेरले भनेका छन् ।

कैलाश खेरले आफ्नो आवाज रहेको चलचित्र 'शिवांश'लाई भारत र नेपालको मैत्री सम्बन्धको प्रतीकको रूपमा चित्रण गरेका छन् । उनले भनेका छन्, ‘यस पटक केही विशेष छ। भारत-नेपाल मैत्री सम्बन्धको सौजन्यबाट हामीले एउटा अत्यन्तै प्यारो 'ताण्डव स्तोत्रम्' तयार पारेका छौं, जुन मैले गाउने अवसर पाएको छु।’

साथै, खेरले नेपाली दर्शक र श्रोताहरूबाट 'शिवांश' का लागि पहिले जस्तै माया र आशीर्वादको अपेक्षा गरेको बताएका छन्।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशकमा सन्तोष कुमार आत्रेय छन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो । निर्मातामा अञ्जान केसी छन्।

फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू र रुषा न्यौपाने मुख्य भूमिकामा छन्। फिल्ममा विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायतको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad