अभिनेत्री नीति शाहले फागुन ८, ९ र १० फागुनमा विवाह गर्दै छिन्। गत ५ वैशाखमा प्रेमी याञ्चित राणासँग कानुनी बिहे गरेकी उनले धार्मिक तथा सामाजिक विधिपूर्वक बिहे गर्न लागेकी हुन्।
बिहेको मिति नजिकिएसँगै नीतिलाई बिहेको चटारो लागिसकेको छ। यतिखेर उनी आफ्नो बिहेको तयारीसहित सेलिब्रेसनमा लागिसकेकी छिन्।
केही दिनदेखि नीतिले नजिकका साथीहरूसँग ‘ब्याचलरेट पार्टी’ मनाइरहेकी छन्। उनले निकट साथीहरू भिजे ओसिन सिटौला, मेकअप आर्टिस्ट लेमी, कन्टेन्ट क्रिएटर तथा मोडल सन्ध्या केसीसँग लाकुरी भञ्ज्याङको टिरेस रिसोर्टमा ‘ब्याचलरेट पार्टी’ मनाएकी हुन्।
नीतिले इन्स्टाग्राममार्फत सेलिब्रेसनको भिडिओ सेयर गरेकी छिन्। जुन भिडिओमा उनीहरु नीतिको ब्याच्लरेट पार्टीमा रमाइरहेको देख्न सकिन्छ। साथै उनलाई ब्याचलेट पार्टी मनाइदिने साथीहरुलाई धन्यवाद समेत भनेकी छिन्।
तीन दिनसम्म चल्ने यो विवाह केवल दुई परिवारको मिलन मात्र नभई एउटा ग्रान्ड सेलिब्रेसन हुनेछ। काठमाडौँमा हुने यो विवाहमा फिल्म क्षेत्रका सीमित व्यक्तिहरूलाई मात्र निम्तो दिने भनिएको छ।
नेपाली सिने क्षेत्रकी ‘ग्ल्यामरस सुन्दरी’ नीति ‘मिस नेपाल इन्टरनेसनल २०१७’ की विजेता पनि हुन्।
Shares

प्रतिक्रिया