कला


सिटौलालाई ‘ट्रिब्युट’ दिँदै ‘श्री बुकुरो: द होम कलिङ’ले ल्यायो पहिलो झलक (भिडिओ)

सिटौलालाई ‘ट्रिब्युट’ दिँदै ‘श्री बुकुरो: द होम कलिङ’ले ल्यायो पहिलो झलक (भिडिओ)

नेपालखबर
माघ २१, २०८२ बुधबार १७:२४, काठमाडौँ

फागुन १ गतेबाट रिलिज हुने फिल्म ‘श्री बुकुरो: द होम कलिङ’ को पहिलो झलक सार्वजनिक भएको छ। दिवंगत चलचित्र पत्रकार दिनेश सिटौलालाई ‘ट्रिब्युट’ दिँदै निर्माणटिमले फिल्मको कथावस्तु प्रस्तुत गर्ने भिडिओ ल्याएको हो।

सिटौला यस फिल्मका मिडिया कोर्डिनेटर थिए। उनले फिल्ममा निकै योगदान गरेको र निकै सम्झिरहेको भिडिओमा उल्लेख गरिएको छ। 

सार्वजनिक झलकमा फिल्मका मुख्य कलाकारहरु फिचर्ड छन्। प्रेममा रहेका जोडीको परिवारले चिना हेराउँछन्। चिना नमिल्दा परिवारमा आउने द्वन्द्धलाई पहिलो झलकमा देख्न सकिन्छ।

सुदीप भुपाल सिंहको निर्देशन रहेको फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी लगायतको अभिनय छ।

पारिवारिक कथामा निर्माण भएको सिनेमामा निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको छ। सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन रहेको सिनेमाको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो।

यस फिल्मबाट निर्देशक सिंह ७ वर्षपछि निर्देशन फर्किएका हुन्। यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad