कला


‘श्री बुकुरो : द होम कलिङ’ को पोस्टरमा रोमान्टिक देखिए आशीर्वाद र निकिता

‘श्री बुकुरो : द होम कलिङ’ को पोस्टरमा रोमान्टिक देखिए आशीर्वाद र निकिता

नेपालखबर
माघ २२, २०८२ बिहिबार १२:२४, काठमाडौँ

सुदीप भूपाल सिंह निर्देशित फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ को पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा आशीर्वाद बी क्षेत्री र निकिता आचार्य रोमान्टिक मुडमा देखिएका छन्।

आधिकारिक ट्रेलर सार्वजनिक हुनु अघि निर्माणटिमले पोस्टर ल्याएको हो। पोस्टरले पर्दामा उनीहरूको प्रेमकथा विशेष रूपमा प्रस्तुत हुने संकेत गरेको छ।

यस फिल्ममार्फत निर्देशक सिंहले करिब सात वर्षपछि निर्देशनमा पुनरागमन गरेका हुन्। यसअघि उनले दर्शकमाझ चर्चित फिल्म ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए।

फिल्म रेञ्ज ब्यानरमा निर्माण भएको यो पारिवारिक कथावस्तुमा आधारित सिनेमामा आशीर्वाद र निकितासहित लक्ष्मी गिरी, निकिता आचार्य, प्रतीक राज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ लगायतको अभिनय रहेको छ।

फिल्मको कथा तथा पटकथा स्वयं निर्देशक सिंहले लेखेका हुन् भने रुबी सेन सिंह निर्माता हुन्। छायांकन सञ्जय लामा र राजेश श्रेष्ठले गरेका छन्। सिनेमाको छायांकन मुस्ताङ, बागलुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौं लगायत विभिन्न स्थानमा गरिएको हो।

फिल्ममा रनजीत गजमेर र बसन्त सापकोटाको संगीत रहेको छ। ट्रेलर आज रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad