आगामी फागुन १ गतेदेखि रिलिज हुने फिल्म ‘श्री बुकुरो: द होम कलिङ’ को ट्रेलर सार्वजनिक भएको छ। ग्रामीण परिवेशमा निर्माण गरिएको फिल्मको कथावस्तुमा पारिवारिक स्नेह, मिलन र नोकझोंक छ।
काव्यात्मक न्यारेसन शैलीमा तयार पारिएको ट्रेलरले पात्रको चाहना, अपेक्षा र द्वन्द्वका तत्वलाई समेटेको छ। फिल्मकी मुख्य पात्र लक्ष्मी गिरीलाई केन्द्रमा राखेर तयार पारिएको ट्रेलरले सानो बुकुरो (घर) बनाउने चाहना, छोराहरूको विवाह लगायतका कुराहरूलाई समेटिएको छ।
यस फिल्ममा सुदीप भुपाल सिंहको लेखन तथा निर्देशन रहेको छ। यसै फिल्मबाट निर्देशक सिंह ९ बर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए ।
विशुद्ध पारिवारिक तथा मनोरञ्जनात्क सिनेमा ‘श्री बुकुरो’का यसअघि सार्वजनिक टिजर तथा पोस्टरले दर्शकको मन जितिसकेका छन् । यो गीतले पनि दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमको छ ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको फिल्ममा लक्ष्मीसहित आशीर्वाद क्षेत्री, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय छ। निर्देशक सिंह स्वयंको लेखन रहेको सिनेमालाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् ।
सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन, सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन रहेको फिल्मको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो ।
Shares

प्रतिक्रिया