फिल्म ‘छ माया छपक्कै-२’ औपचारिक घोषणा भएको छ। निर्देशक दीपेन्द्र लामाले हिट फिल्म ‘छ माया छपक्कै’ को दोस्रो भाग बन्न लागेको जानकारी दिएका छन्।
लामाकै निर्देशनमा बन्ने यस फिल्ममा दीपकराज गिरी मुख्य भूमिकामा देखिँदै छन्। त्यसैगरि, फिल्ममा दीपाश्री निरौला र निर्मल शर्माको पनि अभिनय रहनेछ। फिल्मका अन्य कलाकारबारे चाडै नै जानकारी दिने निर्माणपक्षले जनाएको छ।
घोषणासँगै ‘छ माया छपक्कै-२’को प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ। यस फिल्मलाई आउँदो वर्षको दशैंमा रिलिज गर्ने निर्माण टिमले घोषणा गरेको हो। यस फिल्मको निर्माता पनि रोहित अधिकारी नै हुन्।
२०७६ सालको दशैंमा रिलिज भएको ‘छ माया छपक्कै’ मा दीपकराज गिरी र केकी अधिकारी मुख्य भूमिकामा देखिएका थिए। लामाकै निर्देशन रहेको यस फिल्मले राम्रो व्यापार गरेको थियो।
Shares

प्रतिक्रिया