फिल्म ‘कस्तुरी’ को शुभमूहुर्त गरिएको छ। मंगलबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा शुभ मूर्हतसँगै सुटिङ सुरु गरिएको हो।
शुभमुर्हतसँगै निर्देशक ऋत बोहोराले आजैबाट फिल्मको सुटिङ थालिएको बताए। फिल्मको अधिकांश छायांकन काठमाडौँ र आसपासमा हुनेछ। उनले रहस्य र अपराधका गहिरा तहहरूलाई फिल्मले उजागर गर्ने बताए।
यस फिल्मबाट नै अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटीले पहिलोपटक स्क्रिन सेयर गर्दै छन्। फिल्ममा निखिल र वर्षासहित शेखर चापागाईं, निर्मल शर्मा, निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बम्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतम र विशेष भुमिकामा गौरव पहारी र हेना नगरकोटीको अभिनय रहनेछ।
टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको कथा ऋत बोहोराले नै लेखेका हुन्। यस फिल्मका निर्माता धिरज कुमार अग्रवाल हुन् भने को-प्रोड्युसरमा अञ्जली चौधरी रहेकी छन्।
फिल्मका छायांकार आलोक शुक्ला रहेका छन् भने प्रमुख सह-निर्देशक ललित विष्ट हुनेछन्। त्यसै गरि फिल्मको संगीत प्रशान्त शिवाकोटीको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले गर्दै छन्।
Shares

प्रतिक्रिया