कला


बर्लिनाले फिल्म फेस्टिभलमा ‘एल्लो लेटर्स’ उत्कृष्ट फिल्म

बर्लिनाले फिल्म फेस्टिभलमा ‘एल्लो लेटर्स’ उत्कृष्ट फिल्म

नेपालखबर
फागुन १०, २०८२ आइतबार १८:३३, काठमाडौँ

चर्चित बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सव (बर्लिनाले)मा ‘एल्लो लेटर्स’ फिल्मले गोल्डेन बियर पाएको छ। महोत्सवकै दौडान यो फिल्मको प्रदर्शन गरिएको थियो। 

बर्लिनाले पलास्टमा आयोजित महोत्सवको ७६औं संस्करणको क्लोजिङ गालामा उत्कृष्ट फिल्मलाई प्रदान गरिने गोल्डेन बियर जितेपछि त्यही फिल्म बर्लिनालेको क्लोजिङमा प्रदर्शन गरिने गरिएको छ ।

अवार्ड कार्यक्रममा ‘कुर्तुलुस’ (स्यालभेसन)ले ‘सिल्भर बियर ग्रान्ड जुरी प्राइज’  जितेको छ भने ‘क्विन एट सी’ले सिल्भर बियर पाउँदा ‘एभ्रीबडी डिग्स बिल इभान्स’का निर्देशक ग्रान्ट गीले उत्कृष्ट निर्देशकका लागि सिल्भर बियर हात पारेको छ। ‘रोज’मा गरिएको अभिनयका लागि कलाकार सान्ड्रा हुलरले ‘बेस्ट लिडिङ पर्ममेन्स’का लागि सिल्भर बियर जितिन् भने ‘बेस्ट सपोर्टिङ पर्फमेन्स’ भने ‘क्विन एट सी’ले नै जितेको छ। जेनेभिभ डुलुलु डेले भने उत्कृष्ट पटकथाका लागि सिल्भर बियर जितिन्।

‘आउटस्यान्डिङ आर्टिस्टिङ पर्फमेन्स’का लागि ‘यो’शीर्षकको फिल्मबाट निर्देशकहरू एना फिच र बैंकर ह्वाइटले सिल्भर बियर उचाले।  अब्दल्ला अलखतिबले भने ‘क्रोनिकल्स फ्रम द सिज’बाट उत्कष्ट पहिलो फिचर अवार्ड प्राप्त गरे। पेपा लुबोज्याकीले भने फिल्म ‘इफ पिजन्स टर्न्ड टू गोल्ड’बाट बर्लिनाले डकुमेन्ट्री अवार्ड जितिन्। ‘समडे अ चाइल्ड’ले भने उत्कृष्ट लघु फिल्मका लागि गोल्डेन बियर पायो ।

‘अ वुमन्स प्लेस इज एभ्रीहेवर’बाट फ्यान्नी टेक्सियरले सिल्भर बियर जुरी प्राइज पाइन्  । ‘क्लेप्टोमेनिया’ले भने ‘बर्लिनाले सर्ट्स कुप्रा’ अवार्ड पाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad