कला


प्रधानमन्त्रीलाई बधाईं दिँदै प्रियंका लेख्छिन्: यो सबै हजुरकै नेतृत्वलाई समर्पित

प्रधानमन्त्रीलाई बधाईं दिँदै प्रियंका लेख्छिन्: यो सबै हजुरकै नेतृत्वलाई समर्पित

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १४:३९, काठमाडौँ

अहिले देशभर मतगणता चलिरहेको छ। जसमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको छ। जुन माहोल देखेर अभिनेत्री प्रियंका कार्कीले खुसी हुँदै प्रधानमन्त्री सुशीला कार्कीलाई फेसबुकमार्फत धन्यवाद दिएकी छिन्।

नयाँ नेतृत्व आउने तयारी भएसँगै देश सही मार्गतर्फ अघि बढिरहेको महसुस भइरहेको उनको भनाइ छ। जुन क्षण प्रधानमन्त्री कार्कीको दृढ नेतृत्त्वका कारण सम्भव भएको उनले उल्लेख गरेकी छिन्।  

‘अहिले देशभरि मतगणना चलिरहेको छ। नयाँ नेतृत्व आउने तयारी हुँदैछ, र देश सही मार्गतर्फ अघि बढिरहेको महसुस भइरहेको छ। तर, यो क्षण सम्भव भएको छ सम्माननीय प्रधानमन्त्री सुशिला कार्की ज्यूको दृढ नेतृत्वका कारण,’उनले लेखेकी छिन्।

यो निर्वाचन हुँदैन भनेर प्रश्न उठाएपनि प्रधानमन्त्री कार्कीले अडानमा रहेर चुनाव सम्पन्न गराएको भन्दै यो नेतृत्त्व उनैलाई समर्पित गर्ने बताइन्। उनले फेसबुकमा लेखेकी छिन् ‘तपाईं केवल देशको प्रधानमन्त्री मात्र होइन, कठिन समयमा देशलाई समेटेर अघि बढाउने देशकी आमा हुनुहुन्छ। आजको यो वातावरण, यो आशा, यो जित, सबै हजुरकै नेतृत्वलाई समर्पित। देश तपाईंप्रति सधैं आभारी रहनेछ।’

अभिनेत्री कार्कीले चुनावअगाडिदेखिनै रास्वपालाई समर्थन गर्दैं आएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad