अहिले देशैभर मतगणना जारी छ। प्रत्यक्ष तर्फको मतगणनाको नतिजाअनुसार रास्वपा निकै अगाडी छ।
प्रत्यक्षमा मात्रै नभई समानुपातिकमा पनि रास्वपानै अघि देखिन्छ। यद्धपी, समानुपातिकको नतिजा आउन अझैं चार पाँच दिन लाग्छ।
जताततै रास्वपाको अग्रता देखेपछि अभिनेत्री केकी अधिकारीले समानुपातिक सूचीमा रहेकी रीमा विश्वकर्मालाई ‘माननीय’ भनेर सम्बोधन गरेकी छिन्। केकी र रिमा निकै मिल्ने साथी हुन्।
केकीले फेसबुकमा रिमासँगको तस्विर सेयर गर्दै लेखेकी छन्, ‘मेरी प्यारी माननीय ज्युसँग। सबै सबैमा हार्दिक आभार।’
366
Shares

प्रतिक्रिया