निर्वाचनको चर्चित निर्वाचन क्षेत्र झापा ५ मा ६ जना उम्मेदवारहरु १ सयभन्दा बढी मत पाएका छन्। २ उम्मेदवारले १—१ मत मात्र पाएका छन्।
एमाले अध्यक्षको प्रभाव क्षेत्र मानिएको यो ठाउँमा मतदान अगाडि श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङले बालेनले पाउने मत काट्न सक्ने अड्कलबाजीहरु भएका थिए।
अहिलेसम्मको मत परिणाममा बालेन ठूलो फड्को साथ अघि बढिरहेका छन्। उनले ६ हजार ५ सय ५१ मत पाउँदा श्रम संस्कृति पार्टीका तामाङले मात्र ३ सय ८१ मत पाएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली १ हजार ४ सय २८ मत सहित दोस्रो स्थानमा छन्। झापा-५ मा १ लाख ६३ हजार ६ सय ७९ मतदाता थिए।
धरानका मेयर हर्क साम्पाङ नेतृत्वको पार्टीका चुनावी मैदानमा उत्रिएका समीर तामाङले ओली र बालेन दुवैको मत काट्ने दाबी गरिएको थियो। तर, गणना हुँदा तामाङले मात्र ३८१ मत प्राप्त गरेका हुन्।
१-१ मत ल्याउनेहरू राष्ट्रिय मुक्ति पार्टी, नेपालका अमृत रसाइली र जनता समाजवादी पार्टीका धिरेन सुब्बा छन्।
झापा-५ मा १ लाख ६३ हजार ६ सय ७९ मतदाता थिए।
Shares

प्रतिक्रिया