मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकलौटी अग्रता हासिल गरेको छ। ८ जिल्ला रहेको मधेसमा ३२ वटा निर्वाचन क्षेत्र रहेको छ। हाल २५ वटा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ। सात क्षेत्रमा भने मतगणना हुन सकेको छ।
सप्तरीको २ र ३, सिराहको ३, धनुषाको १ र २, रौतहतको २ र ३ मा भने मत गणना हुन सकेको छैन।
मतगणना भइरहेको मधेसको सबै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिइरहेको छ। यो समाचार तयार गर्दा मधेसमा रास्वपाका उम्मेदवारले अधिकतम ११ हजार ८१३ मतदेखि न्यूनत २८० मतले अग्रता लिइरहेका छन्।
धनुषा ३ मा रास्वपाका मनीष झाले २० हजार ९१४ मत पाउँदा उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका विमलेन्द्र निधिले ६ हजार ८५१ मत पाएका छन्।
पर्सा ३ मा रास्वपाका रामाकान्त प्रसाद चौरसीयाले १ हजार ५८ मत पाउँदा निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले ७७८ मत पाएका छन्।
Shares

प्रतिक्रिया