कोशी


दोब्बर मतले पछि परेपछि हर्क साम्पाङको स्टाटस: अन्तिम समयसम्म पर्खनुस्, आत्तिनु पर्दैन

दोब्बर मतले पछि परेपछि हर्क साम्पाङको स्टाटस: अन्तिम समयसम्म पर्खनुस्, आत्तिनु पर्दैन

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १६:३५, काठमाडौँ

सुरुवाती गणनामा दोब्बर मतले पछि परिरहेका सुनसरी-१ का उम्मेदवार श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्ना कार्यकर्ता तथा समर्थकलाई नआत्तिन आग्रह गरेका छन्। 

हजार मत गनिसक्दा उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन) भन्दा दोब्बर मतले पछि परेका हुन्। 

तामाङले ४६१ मत प्राप्त गर्दा साम्पाङका पक्षमा अहिलेसम्म १५४ भोट मात्र आएको छ। 

साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, `अन्तिम समय सम्म पर्खनुस्। आत्तिनु पर्दैन। मात्तिनु नि हुँदैन।´

उनले अन्तिम नतिजा नआउँदासम्म धैर्य गर्न समर्थकलाई आह्वान गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad