कला


भोलिबाट रिलिज हुने यौनकर्मीको कथामा बनेको फिल्म ‘लालिमा’ ले कति पायो शो?

भोलिबाट रिलिज हुने यौनकर्मीको कथामा बनेको फिल्म ‘लालिमा’ ले कति पायो शो?

नेपालखबर
फागुन २८, २०८२ बिहिबार १५:५४, काठमाडौँ

भोलि अर्थात शुक्रबारदेखि प्रदर्शन हुने फिल्म ‘लालिमा’को अग्रिम टिकट बुकिङ खुलेको छ। बिहिबारदेखि देशभरका हलहरूले यसको बुकिङ खुला गरेका हुन्। 

यस फिल्मले प्रदर्शनको पहिलो दिन शुक्रबारका लागि देशभरबाट ६० भन्दा बढी शो पाएको छ। चुनावपछि प्रदर्शनमा आउन लागेको यो पहिलो फिल्म हो ।

वास्तविक यौनकर्मीहरू समस्या, पीडा र मानसिकताको घटनामा बनेको यस फिल्ममा रोश्नी कार्की मुख्य भूमिकामा छिन्। फिल्ममा जीवन भट्टराई, उषा रजक र शिशिर वाङदेन, सुष्मा निरौला, घनश्याम जोशी र सबिन कट्टेललगायतको अभिनय रहेको छ।

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्। नेसनल सिने ग्रुप नेपालले फिल्म वितरणको जिम्मेवारी लिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad