कला


नेपालमा कति पुग्यो रणवीर सिंहको फिल्म ‘धुरन्धर २’ को व्यापार?

नेपालमा कति पुग्यो रणवीर सिंहको फिल्म ‘धुरन्धर २’ को व्यापार?

नेपालखबर
चैत ९, २०८२ सोमबार १७:५५, काठमाडौँ

रणवीर सिंह अभिनीत बलिउड फिल्म ‘धुरन्धर २’ ले विश्वभर आक्रामक व्यापार गरिरहेको छ। रिलिजअगावै व्यापक क्रेज रहेको यस फिल्मले नेपालमा पनि लोभलाग्दो कमाइ गरेको छ। 

गत बिहिबारबाट प्रदर्शनरत यस फिल्मले नेपालमा ६ करोड ४० लाख ६९ हजार ७४७ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। चलचित्र विकास बोर्डका तथ्यांकअनुसार यो आज सोमबार बेलुका ५ बजेसम्मको कमाइ हो। 

एड्भान्स टिकट बिक्रीको हिसाब पनि पहिल्यै आउने भएकाले पाँचौं दिनसम्मको हिसाब त्यही अंक वरपर हुन आउँछ।

सोमबार बेलुकी र रात्रीकालिन शोज पनि भरिभराउ छन्। सुरुवातदेखिनै नेपाली हलमा दर्शकहरुको उपस्थिति उत्साहजनक देखिन्छ। शुक्रबार र शनिबार झरी पर्दा समेत दर्शकहरू हलसम्म पुगेका थिए। 

आदित्य धरको निर्देशनमा बनेको ‘धुरन्धर: द रिभेन्ज’ बलिउडकै सुपरहिट फिल्म ‘धुरन्धर’ को सिक्वेल हो। यस फिल्ममा रणवीर सिंह गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। साथै फिल्ममा सञ्जय दत्त, अर्जुन रामपाल र आर माधवन लगायतको अभिनय छ।

गत ५ डिसेम्बरमा रिलिज भएको ‘धुरन्धर’ले बक्सअफिसमा ठूलो सफलता हात पारेको थियो। भारतमा एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाउँदै धेरै कमाउने हिन्दी फिल्मको रेकर्ड बनाएको थियो। नेपालमा पनि यस फिल्मले १० करोडको आँकडा पार गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad