नीता ढुङ्गानाको डेब्यु निर्देशन रहेको फिल्म ‘पार्वती’ शुभुमुहूर्त गरिएको छ। मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँ वडा नम्बर १ मा फिल्मको शुभमुर्हूत गर्दै सुटिङ सुरु गरिएको हो।
नीताकै निर्माणमा बन्ने फिल्ममा उनीनै मुख्य भूमिकामा देखिनेछिन्। नीतासहित फिल्ममा दीपाश्री निरौला,अशोक दर्जी,सिरु बिष्ट,राधिका कँडेल,राज पंगेनी शर्मा,राजेन्द्र नेपाली,आशा पौडेल लगायतको अभिनय रहनेछ।
उनका अनुसार यस फिल्मको सुटिङ सेड्युल एक महिना रहेको छ। केही महिनाअघि आफ्नो घर झापा फर्किएका अशोक दोस्रो फिल्मको सुटिङमा जोडिएका हुन्। उनले यस वर्ष प्रदर्शनमा आएको ‘मन बिनाको धन’बाट फिल्ममा डेब्यू गरेका थिए।
यतिबेला सबै कलाकारहरु सुटिङ सेटमा नै रहेको कार्यकारी निर्माता शंकर पाण्डेले जानकारी दिए। फिल्ममा निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको छ भने यस फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्।
सुदिप बरालको डिओपी रहेको यस फिल्ममा सरोज अधिकारी क्रियटिभ निर्देशक रहेका छन्। सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन्। म्युजिक भिडिओमा निकै चर्चामा रहेका उनी पहिलो पटक यस फिल्ममा क्रियटिभ निर्देशकका रुपमा काम गर्न लागेका हुन्।
यस फिल्ममा प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे छन्। साथै निर्मातामा हरिहर अधिकारी छन्।
फिल्मको सम्पादन साहिल खानको रहने छ भने यस फिल्मको पोस्टर डिजाइन् रोयल भिमसेनको छ। निर्माण टिमले यो फिल्मको प्रदर्शन मिति आगामी भदौ १२ गतेबाट प्रदर्शनमा हुनेछ। सोही समयमा नै फिल्म रिलिज गर्ने उदेश्यका साथ काम फटाफट थालिएको निर्देशक ढुङ्गानाले बताइन्।
Shares

प्रतिक्रिया