कला


‘नाँच्छु रोधी घरैमा’मा रोमान्टिक देखिए राजेश र करिश्मा

‘नाँच्छु रोधी घरैमा’मा रोमान्टिक देखिए राजेश र करिश्मा

नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार १२:३२, काठमाडौँ

‘नाँच्छु रोधी घरैमा’ बोलको गीत सार्वजनिक भएको छ।

ओएसआर डिजिटल युट्युवमार्फत सार्वजनिक गीतको भिडिओमा भिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरको अभिनय रहेको छ। जोडीको रुपमा देखिएका दुबैले छमछमी नाँचेका छन्। 

एकनारायण भण्डारीको शब्द रहेको गीतमा प्रतिक्षा गुरुङको स्वर रहेको छ। संगीत दिनेकाम दिपक शर्माले गरेका छन् भने एरेन्ज नरेन्द्र बियोगीले गरेका छन् ।

भिडि‌ओको सुरुवातमा राजेश र करिश्माको संम्वाद  राखिएको छ। खिम बहादुर थापा निर्माता रहेको यो भिडिओलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन्।

देवेन्द्रले राजेश हमाललाई लिएरै दर्जन माथी भिडियो निर्देशन गरिसकेका छन्। कुनैसमय राजेश हमालको पछाडी बसेर कोरसमा नाँचेका देवेन्द्रले अहिले म्युजिक भिडिओहरु निर्देशन गर्छन्। ३ बर्षअघि पनि राजेश र करिश्मालाई नै अभिनय लिएर देवेन्द्रले एक म्युजिक भिडियो बनाएका थिए।

उत्सव दाहालले खिचेको भिडिओ विकाश दाहालले सम्पादन गरेका हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad